बर्षापछि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरकाे साँगा खण्ड अवरुद्ध

बर्षापछि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरकाे साँगा खण्ड अवरुद्ध

बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • बर्षापछि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरकाे साँगा खण्ड अवरुद्ध

    भक्तपुर । अविरल बर्षापछि सडक अरनिको राजमार्ग अन्तर्गत भक्तपुरकाे साँगा खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ । बिहीबार विहानैदेखि राजमार्ग खण्ड अन्तर्गत साँगामा निर्माणाधिन सडक हिलाम्य भएपछि सडक अवरुद्ध भएकाे हाे । 

    भक्तपुर प्रहरीका अनुसार, छ लेनमा बिस्तार हुँदै आएको सडक हिलाम्य भएर सवारी साधन फस्न थालेपछि जगातीबाटै यातायातका साधन राेकेर च्यामसिंह-ताथली-नाला सडक जगातीबाट पठाउन थालिएको छ ।  

    साे सडकमा माेटरसाइकलसमेत चल्न नसक्दा राजधानीबाट पुर्व जाने तथा पुर्वबाट राजधानी आउने यात्रु समस्यामा परेका छन् । वैकल्पिक ताथली-नाला सडक साँगुरो भएका कारण सवारी साधन जाममा परेका छन् ।

    तस्बिर : इन्टरनेट (फाइल)

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij