काठमाडौं । वरिष्ठ सहसचिव एवं मधेस प्रदेशका कायम मुकायम प्रमुख सचिव मदन भुजेल सचिवमा बढुवा भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि भुजेलसहित चन्द्रकला पौडेल र वीरेन्द्र कुमार यादवको नाम सिफारिस गरेको थियो ।