स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटा

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटा

बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटा

    काठमाडौं । स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले देवकोटालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    डा. देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए । स्वास्थ्य सचिव डा. रोशन पोखरेल १२ फागुनबाट अनिवार्य अवकास गएपछि सचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको थियो ।

    बढुवा समितिले डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहका डा संगिता मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेकाे थियाे । सिफारिसमा परेका तीन जनामध्ये मन्त्रिपरिषदले डा देवकोटालाई सचिवमा नियुक्त गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij