दार्चुलामा जिप दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

दार्चुलामा जिप दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • दार्चुलामा जिप दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

    काठमाडौं । दार्चुलामा जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका-२ का २५ वर्षीय महेश भुल रहेका छन् । 

    आज दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका-२ मुल्लामा सुपप्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटना भएको थियो । 

    भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

    दुर्घटनामा महाकाली नगरपालिका-२ घर भएका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij