प्रतिनिधिसभाबाट स्वीकृत भए सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश

प्रतिनिधिसभाबाट स्वीकृत भए सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश

बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • प्रतिनिधिसभाबाट स्वीकृत भए सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश

    काठमाडौं । सरकारले ल्याएका ५ वटा अध्यादेश प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकबाट विभिन्न ५ अध्यादेश स्वीकृत भएका हुन् ।

    गत पुस १४ गते जारी सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र पुस २९ गते जारी भएका थप ४ अध्यादेश संसद्बाट स्वीकृत भएका छन् ।

    पुस २९ गते सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरिएको थियो ।

    प्रतिपक्षी दलको विरोधका बाबजुद बुधबारको संसद् बैठकले अध्यादेशहरू बहुमतबाट स्वीकृत गरेको छ ।

    बुधबार स्वीकृत भएका अध्यादेश बिहीबारको राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची छ ।

    माघ २ गते जारी भएको भूमि सम्बन्धी अध्यादेशलाई भने थन्क्याइएको छ । जसपा नेपालले विरोध जनाउँदा राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि सरकारले प्रतिनिधिसभा बैठकमा भूमि अध्यादेशलाई निर्णयार्थ पेश गरेन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij