काठमाडौं । संघीय संसद सचिवालयले प्रश्न गर्दा गलत शब्द प्रयोग गरिएको भन्दै २ पत्रकारको संसद पास निलम्बन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरेको हो ।
महासचिव स्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो ।
संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको हो । उनीहरुको एक महिनालाई संसद प्रवेश पास निलम्बन गरिएको छ ।