अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो

अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो

बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो

    काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको हो ।

    ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो ।

    चालक दलका सदस्यहरूसहित १४ जना सवार चार्टर्ड जहाज बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।   तर अमेरिका सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।

    यो जहाजमा अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरू रहेको बताइएको छ। यसबारे विस्तृतमा जानकारी आइसकेको छैन। डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका विभिन्न देशका मानिसहरूलाई निस्कासन गर्दै आएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij