काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको प्रतितोला१ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो।