ललिता निवास प्रकरण : फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

ललिता निवास प्रकरण : फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • ललिता निवास प्रकरण : फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ । दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने र सफाइ पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

    ललिता निवास जग्गा प्रकरणका ११० जना आरोपितविरुद्ध नै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् । अख्तियारले अन्य ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुनुपर्ने माग राखेर समेत राखेको छ ।

    ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij