स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा

स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा

मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा

    काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानी सहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गरेका उनको सचिवालयले जनाएको छ ।

    निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको अर्थमन्त्रालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij