काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएको हो ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ ।
बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जनाइएको छ । तर त्यसको विस्तृत विवरण भने नआइसकेको प्रहरीले जनाएको छ ।
करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो ।