काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको छ। हिजो स्थिर रहँदै चाँदी प्रतितोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो।