चैत १८ देखि पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

चैत १८ देखि पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • चैत १८ देखि पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

    काठमाडौं । हिमालय एयरलाइन्सले आउँदो चैत १८ (मार्च ३१) देखि पोखराबाट उडान सुरू गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले नियमित व्यवसायिक उडान गर्ने भएको हो । एयरलाइन्सले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सातामा एउटा उडान गर्ने जनाइएको छ ।

    यो विमानस्थल २०७९ पुसमा सञ्चालनमा आएको हो । अहिलेसम्म नियमित व्यवसायिक उडान हुन सकेको थिएन । हिमालयले व्यवसायिक उडान थालेसँगै यो नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ । नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ यो गन्तव्यमा व्यवसायिक उडान गर्न लागेको कम्पनीले प्रेस विज्ञप्तीमार्फत बताएको छ ।

    अहिलेसम्मको योजना अनुसार एयरलाइन्सले चैत्र १८ गते बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–ल्हासा उडान गर्नेछ । चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ। सोही जहाज स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij