स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु

स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु

सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा  स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

    आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो । 

    उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij