काठमाडौं । हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक ३ दिनपछि बल्ल आइतबारबाट सुचारु भएको छ ।
कर्णाली राजमार्ग अन्तरगत नाग्म-गमगढी सडक खण्डको सातमोड,सिप्टिचौर र बुलबुले क्षेत्रमा बाख्लो हिउँ जम्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकको हिउँ तथा झरेको पहिरो हटाउन शुक्रबारबाट सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेनाले शुरु गरेपनि आइतबार दिउँसो २ बजेमात्र सकिएकाले यो खण्डको सडकमा यातायात सुचारु भएको हो ।
सडक सुचारु भएपछि मुगुबाट अन्य जिल्लामा जाने र मुगुतर्फ आउने मालवाहक तथा यात्रु वाहक सवारीका साधनहरु आआफ्ना गन्तव्य तिर लागेका छन् ।