स्वर्गद्वारी गुठी पीडितको आन्दोलनमा झडप हुँदा डीएसपी पौडेल घाइते

स्वर्गद्वारी गुठी पीडितको आन्दोलनमा झडप हुँदा डीएसपी पौडेल घाइते

आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • स्वर्गद्वारी गुठी पीडितको आन्दोलनमा झडप हुँदा डीएसपी पौडेल घाइते

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडितको आन्दोलनमा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । 

    झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । 

    सङ्घर्ष समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गरिरहेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij