रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या

रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या

शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या


    बुटवल । रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । गोली प्रहारबाट मायादेवी गाउँपालिका वडा–२ का २९ वर्षीय राकेशसिंह लोधको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।   

     आफ्नै घरको बरन्डामा बसिरहेका उनको गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको  छ। उनको शव रगताम्मे अवस्थामा भेटिएको बताइएको छ ।

    घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले  खोजी भइरहेको प्रहरीको भनाई छ। घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij