काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन, कर्मचारी तलबविहीन

काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन, कर्मचारी तलबविहीन

शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन, कर्मचारी तलबविहीन

    काठमाडौं । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् ।

    काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहिन भएको दुई महीना पुग्यो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नियम विपरित काठमाडौं भ्यू टावरको नक्सा पास गरेको भन्दै महानगरले उनलाई ५ पुसदेखि बिदामा राखेको छ । महानगरले उनीमाथि छानवीन गरिरहेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरुले पुस र माघको तलब पाएका छैनन् । तलब नपाउँदा सरसफाई र तल्लो पदमा काम गर्ने कर्मचारीलाई दैनिक व्यवहार धान्न मुस्किल भएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत नभएपछि महानगरको नियमित काम पनि रोकिएको छ । काम रोकिएपछि काठमाडौं महानगरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २४ पुसमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गर्दै पत्र पठाएको थियो ।

    काठमाडौं महानगरमा अहिले गोविन्द शर्मा निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएका छन् । तर, निमित्तसँग सबै अधिकार नहुने भएकाले महानगरले सबै कामलाई सँगसँगै लैजान सकेको छैन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij