स्वीकृति नलिई सडक खन्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

स्वीकृति नलिई सडक खन्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • स्वीकृति नलिई सडक खन्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारबाही गरेको छ ।

    महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडीगाउँमा सडक र फुटपाथ खनेको भेटेको थियो । उक्त सडक खन्ने रोशन रेग्मीलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको नगर प्रहरी बलले जनाएको छ ।

    पछिल्लो समय नगरभरि मापदण्ड विपरीत, अनुशासनहीन जस्ता कार्यलाई निगरानी गरिरहेकाे र जहाँ भेटे त्यहीँ कारबाही गर्दै गइएकाे नगर प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij