नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
    काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ ।  
     
    चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान  निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिए ।
     
    सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिए । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहे । उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिए । 
     
    श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन्    ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij