हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
    बागलुङ । वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि परेको बाक्लो हिउँ सडकमा जमेपछि लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । 
     
    स्थानीयका अनुसार, निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए। अहिले पनि निरन्तर हिमपात भइरहेका कारण सडक खुल्न समय लाग्ने बताइएको छ ।  
     
    नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij