प्राधिकरणले आज काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली कटौती

प्राधिकरणले आज काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली कटौती

शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • प्राधिकरणले आज काठमाडौँका यी स्थानमा  काटिदैछ बिजुली कटौती

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ ।

    आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।

    तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij