गिरीबन्धु 'टी स्टेट' भित्र कुहिएको अवस्थामा पुरुषको शव फेला

गिरीबन्धु 'टी स्टेट' भित्र कुहिएको अवस्थामा पुरुषको शव फेला

बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • गिरीबन्धु 'टी स्टेट' भित्र कुहिएको अवस्थामा पुरुषको शव फेला

    झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगान (टी स्टेट) भित्र कुहिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको मृतक पाँचथर रानीटार–२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । उनको शव बिहीबार बिहान ७ बजेतिर भेटिएको थियो । जीउमा लुगा नलगाएको, जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा भेटिएको थियो ।

    शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका प्रहरीले गरेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij