लुकाएर ल्याएको साढे ३ किलो सुनसहित विमानस्थलबाट ४ विदेशी नागरिक पक्राउ

लुकाएर ल्याएको साढे ३ किलो सुनसहित विमानस्थलबाट ४ विदेशी नागरिक पक्राउ

बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • लुकाएर ल्याएको साढे ३ किलो सुनसहित विमानस्थलबाट ४ विदेशी नागरिक पक्राउ

    काठमाडौं । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन् । फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ । 

    चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो । उनीहरुले मलद्वारामा सुन लुकाएर ल्याएको प्रहरीले जनाएकाे छ । 

    उनीहरु अहिले गौशाला प्रहरी हिरासतमा रहेको प्रहरीको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij