काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयााले घटेको हो ।
बुधबार प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर १ लाख ७० हजार ३ रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर १ हजार ९४५ रुपैयाँ पुगेको छ ।