आजदेखि तीन दिनसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

आजदेखि तीन दिनसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • आजदेखि तीन दिनसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

    काठमाडौं । बिहीबारदेखि तीन दिनसम्म काठमाडौँका केही स्थानमा विद्युत् आपूर्ति प्रभावित हुनसक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

    मूलपानी १३२ केभी सबस्पेशनमा भक्तपुर–चपली १३२ केपी प्रशारण लाइनलाई ‘लुप इन लुप आउट’ गर्नका लागि बिहीबार बिहान ६ बजेदेखि शनिबार साँझसम्म तीन दिन तोकिएको स्थानमा विद्युत् सेवा प्रभावित हुनसक्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ । 

    जसअनुसार चपली सबस्टेसन, लैनचौर सबस्टेसन, चाबहिल सबस्टेसन, बालाजु सबस्टेसन, पुरानो चाबहिल तथा महाराजगन्ज ११ केभी स्विचिङ सबस्टेसनहरुबाट सञ्चालित वितरण केन्द्र अन्तरगतका ११ केभी फिडरहरुबाट विद्युत् आपूर्ति हुने स्थानहरूमा विद्युत् सेवा प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ । 

    भोलिदेखि तीन दिनसम्म काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij