काठमाडौं । मुगुको सोरु गाउँपालिका वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले खसालेको ढुंगा लाग्दा ६ वर्षका बालकको मृत्यु भएको छ ।
हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर ६ वर्षका बालक लोकजङ नेपालीको मृत्यु भएको हो ।
आमा कल्पना नेपाली गम्भीर घाइते छिन् । कल्पनालाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
अहिले घटना स्थालमा प्रहरी पुगेर थप अनुसन्धान गरिहेको छ ।