माओवादी सांसद सापकोटाले सदनमै मागे प्रधानमन्त्रीको राजीनामा

माओवादी सांसद सापकोटाले सदनमै मागे प्रधानमन्त्रीको राजीनामा

आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • माओवादी सांसद सापकोटाले सदनमै मागे प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रसस्त गर्न माग गरेका हुन् । 

    सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्गप्रसस्त गर्नुपर्ने धारणा राखे ।  

    उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन ध्यानाकर्षण गराए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij