बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । 

    तोलामा ३ सय रुपैयाँले बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको थियो ।

    आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij