पाथीभरा केबलकार विवाद : फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

पाथीभरा केबलकार विवाद : फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • पाथीभरा केबलकार विवाद : फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

    काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विवादले निषेधाज्ञा जारी गर्नुपर्ने सम्मको अवस्था सृजना भएको छ । केबलकार निर्माण विरोधी समूहले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हाे । 

    जिल्ला सुरक्षा समितिको शनिबार राति बसेको आकस्मिक बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा आज (आइतबार) बिहान ५ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । बजार क्षेत्रमा प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडपले प्रतिकूल स्थिति सिर्जना भएर शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएकाे छ । 

    प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ । 

    ‘नो केबलकार’ समूहले शनिबार साँझ फुङलिङको वीरेन्द्र चोकमा मसाल जुलुस निकालेर आगोसहितको राँको सर्वसाधारणको घरमा फ्याँक्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । झडपमा ६ जना सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका थिए । 

    केबलकार विवादलाई नै लिएर बिहीबार पनि झडप भएको थियो । ‘नो केबलकार’ पक्षधरले शनिबार साँझ पदयात्राका क्रममा राकेँ जुलुससहित वीरेन्द्र चोकमा कोणसभा गर्न खोजेका थिए । प्रहरीले उनीहरुले बोकेको आगो नियन्त्रणमा लिन खोजेको थियो । 

    त्यस क्रममा प्रदर्शनकारीले प्रहरी र सर्वसाधारणको घरलाई लक्षित गर्दै आगो फालेका थिए । आगो स्थानीयको घरको छतसम्म पुगेको थियो । घरमा पुगेको आगो घरधनीले निभाएको प्रहरीले बताएको छ ।

    प्रदर्शनकारीले घरमा आगो फालेपछि अवस्था तनावपूर्ण बनेको थियो । आगो फाल्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि केबलकारले पहिचान मासिने भन्दै पहिचान पक्षधरले केबलकारको विरोधमा प्रदर्शन गरिरहेको छ । 

    null

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij