डीआईजी भट्टराई एआईजी बढुवा सिफारिस

डीआईजी भट्टराई एआईजी बढुवा सिफारिस

आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • डीआईजी भट्टराई एआईजी बढुवा सिफारिस

    काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । आइतबार बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले कर्णाली प्रदेशमा कार्यरत भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएपछि भट्टराईलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको थियो ।  केसी र भट्टराई एउटै ब्याचका अधिकृत हुन् । एआईजीमा बढुवा भएपनि भट्टराई २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij