इलाममा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

इलाममा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

शनिवार, फाल्गुण १० २०८१
शनिवार, फाल्गुण १० २०८१
  • इलाममा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    काठमाडौं । इलाममा टिपरको ठक्करबाट बाउछोराको ज्यान गएको छ । रोङ गाउँपालिका–३ हासपोखरीमा शुक्रबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका सुर्योदय नगरपालिका-६ फाजिगाउॅका ७० वर्षीय पवनकुमार राई र उनका छोरा ४० वर्षीय दिर्घराज राईको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा शनिबार मृत्यु भएको हो । 

    शुक्रबार साँझ पौने ७ बजे झापाबाट इलाम आउँदै गरेका उनीहरु सवार प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले ठक्कर दिएको थियो । घटनापछि टिपर चालक इलाम माइजोगमाई गाउँपालिका-२ का खगेन्द्र थामीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij