तीन जिल्लाका सिडिओ फेरिए, को कहाँ ?

तीन जिल्लाका सिडिओ फेरिए, को कहाँ ?

शनिवार, फाल्गुण १० २०८१
शनिवार, फाल्गुण १० २०८१
  • तीन जिल्लाका सिडिओ फेरिए, को कहाँ ?

    काठमाडौं । तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् ।

    मन्त्रालयले नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठलाई मकवानपुरको सीडीओमा सरुवा गरेका छ भने रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिममा सरुवा गरेकाे छ ।

    मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएपछि खाली थियो । रौतहटमा भने कसैको निर्णय नभएको बताइएको छ ।

    त्यस्तै तेह्रथुमको सीडीओमा मन्त्रालयमा कार्यरत प्रकाश अधिकारीलाई पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij