१५ बर्षपछि समातिए भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति

१५ बर्षपछि समातिए भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति

शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • १५ बर्षपछि समातिए भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति

    काठमाडौं ।  भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरमान लामा रहेका छन् । 

    लामालाई बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो । उनीसहितको चार जनाको समूहले २०६६ साल मसिंर २४ गते राति ट्याक्सी चालक मेघबहादुर तामाङको हत्या गरेका थिए । 

    भक्तपुर र काठमाडौंको सीमा क्षेत्र नरफाँट पुगेपछि ट्याक्सीमा सवार ४ युवाहरूले गलबन्धीले घाँटी कसेर ट्याक्सी चालकको हत्या गरेका थिए । बाँकी दुई जना भने फरार थिए ।  

    तामाङको हत्या भएपछि त्यतिबेला प्रहरीले विनोद लामा र श्याम तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई र फरार दुई गरी चार जनालाई प्रतिवादी बनाउँदै भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । भक्तपुर अदालतले चारै जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । यता दुई जना भने फरार नै थिए । फरार मध्ये वीरमानलाई प्रहरीले पक्राउ गरेको हो ।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij