चलनचल्तीमा रहेका एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने

चलनचल्तीमा रहेका एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने

शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • चलनचल्तीमा रहेका एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकलले एक र दुई रुपैयाँको सिक्का साटिदिने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले आज एक सूचना जारी गर्दै १ र २ रुपैयाँका सिक्का सटही गर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो। 

    ती सिक्का टक्सार महाशाखाबाट साट्न सकिनेछ। आफूसँग चलनचल्तीमा रहेका रु। १ र २ का कम्तीमा १०० रुपैयाँबराबरका सिक्का सटही गरेर सोबापत रकम प्राप्त गर्न सकिन्छ। सटहीबापतको रकम नगद, आईपीएस वा चेकमार्फत भुक्तानी दिइने महाशाखाले जनाएको छ।

    सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्ने विभाले जनाएको छ । मेटिएको, कोरिएको, विकृत सिक्का नसाट्न सक्ने राष्ट्र बैंकको भनाइ छ ।

    यदि कुल रकम २० हजार रुपैयाँभन्दा माथिका सिक्का सटही गर्नुपर्ने भएमा महाशाखाको फोन नं. ०१–४१०२१८४ मा सम्पर्क गरी पूर्वजानकारी दिनुपर्नेछ। त्यसपछि महाशाखाले तोकिएको मिति तथा समयमा सिक्का सटहीका लागि बोलाउनेछ।

    महाशाखाबाट चलनचल्तीमा रहेका रु। १ र २ का सिक्काबाहेक अन्य सिक्का, स्मारिका सिक्का, असर्फी, मेडालियन आदि सटही नहुने राष्ट्र बैंकले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij