सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, एक जनाको अवस्था गम्भीर

सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, एक जनाको अवस्था गम्भीर

शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, एक जनाको अवस्था गम्भीर

    काठमाडौं । सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बाएसी १९७९ नम्बरको कार र बर्दिबासबाट काठमाडौं आउँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

    शुक्रबार बिहान १० बजे बिपी राजमार्गको गोलन्जोर गाउँपालिका–७ मा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएको प्रहरलिे जनाएको छ । 

    घाइते हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले रहेका छन्।

    उनीहरू दुवै जनालाई शुभ(जीवन अस्पताल खुर्कोट पठाइएको छ भने कार चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij