काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य हजार रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने १ हजार ९ सय ९० रुपैयाँ कारोबार भइरहेको छ।