नक्कली सुन देखाएर ठगेको आरोपमा २ जना पक्राउ

नक्कली सुन देखाएर ठगेको आरोपमा २ जना पक्राउ

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • नक्कली सुन देखाएर ठगेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । नक्कली सुन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ६२ वर्षीय धनजित तामाङ र सोही नगरपालिका–४ घर भएका ४८ वर्षीय दलबहादुर तामाङ छन् ।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो ।

    उनीहरूले सक्कली सुन भन्दै एक किलो नक्कली सुन देखाएर ठगी गरेको जनाइएको छ । मूलपानीबाट पक्राउ परेका उनीहरूबाट नक्कली सुन समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij