काठमाडौं । काठमाडौंको हनुमानढोकामा एक पुरूष मृत फेला परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको हो ।
अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको हो । उनको वतनसमेत अहिलेसम्म खुलेको छैन । शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ ।