शिवरात्रिमा पशुपति मन्दिर परिसरमा निःशुल्क सेवा दिन चाहनेलाई आवेदन खुल्ला

शिवरात्रिमा पशुपति मन्दिर परिसरमा निःशुल्क सेवा दिन चाहनेलाई आवेदन खुल्ला

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • शिवरात्रिमा पशुपति मन्दिर परिसरमा निःशुल्क सेवा दिन चाहनेलाई आवेदन खुल्ला

    काठमाडौं । शिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क सेवा दिन चाहनेका लागि आवदेन खुलेको छ ।

    पशुपति क्षेत्र विकास कोषले सूचना प्रकाशित गरी फागुन १४ गते परेको शिवरात्रिमा निःशुल्क सेवा दिन चाहने व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको हो ।

    निःशुल्क स्वयंसेवा, चिया, पानी तथा भोजन वितरण, स्वास्थ्य शिविर सञ्चालन गर्न चाहनेले यस्तो निवेदन दिन सक्ने भएका छन् । व्यक्ति तथा संस्थाले ११ फागुन आइतबारभित्र कोषमा बुझाउन सक्नेछन् ।

    शिवरात्रिका दिन निःशुल्क बाहेक व्यावसायिक हिसाबले शुल्क लिई भोजन, चिया नास्ता बिक्री वितरणमा भने रोक लगाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij