काठमाडौं । बागमती प्रदेश सरकारले भौतिक रूपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख शुरू गरेको छ । भौतिक रूपमा रहेका २५ लाख फाइलको विद्युतीय अभिलेख शुरू गरेको यातायात व्यवस्था कार्यालयले जनाएकाे छ ।
भौतिक रूपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरू भएको हाे । विद्युतीय अभिलेखपछि अभिलेखहरू हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने कार्यालयले जनाएकाे छ ।
भौतिक प्रमाण नष्ट भएका वा हराएका गाडीको पनि गाडी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेख गरिने जनाइएकाे छ । कतिपय गाडी घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएकोसमेत कार्यालयले जनाएकाे छ ।
कर कार्यालयमा गएर लगत कट्टा र खारेज नगरेसम्म करको दायित्व गाडी धनीकै हुने भएकाले प्रयोगविहीन गाडीको लगत कट्टा गर्न यातायात व्यवस्था कार्यालयले आग्रह गरेको छ ।