विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीका लागि सिंगापुर र चेक रिपब्लिक पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३७ वर्षीय सरन थापा र ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये सरनले सिंगापुर पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ५० हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ ।

    पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij