धरौटीमा छुटे केआईआईटी कलेजका ३ जना निर्देशक र २ जना सुरक्षागार्ड

धरौटीमा छुटे केआईआईटी कलेजका ३ जना निर्देशक र २ जना सुरक्षागार्ड

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • धरौटीमा छुटे केआईआईटी कलेजका ३ जना निर्देशक र २ जना सुरक्षागार्ड

    काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् ।

    केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

    आइतबार उक्त कलेजमा अध्ययनरत नेपाली छात्रा लम्सालले आत्महत्या गरेकी थिइन् । सो घटनापछि कलेजमा आन्दोलन भएको थियो भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई निकालेको थियो ।

    प्रहरीले विद्यार्थीहरुलाई दुरव्यवहार गर्ने कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षागार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरालाई पक्राउ गरेको थियो ।

    नेपाली विद्यार्थीहरूले सीसीटीभी हेरेर आफूहरुलाई दुर्व्यवहार गर्ने अन्य व्यक्तिहरुमाथि समेत जाँच गर्न माग गरेका छन् । तर, यहीबीचमा अदालतको आदेशमा पक्राउ परेकाहरु धरौटीमा छुटेका छन् ।

    ओडिसा प्रदेश सरकारले यो प्रकरणमा छानबिन गर्न उच्च स्तरीय समिति बनाइसकेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij