कालीमाटीमा एक व्यक्ति मृत अवस्थामा फेला

कालीमाटीमा एक व्यक्ति मृत अवस्थामा फेला

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • कालीमाटीमा एक व्यक्ति मृत अवस्थामा फेला

    काठमाडौं। कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति रहेको खुलेको छ । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

    केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत भएको प्रहरीले जनाएको छ । 

    मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij