स्वास्थ्य मन्त्री पौडेलले गरे मेडिकल काउन्सिलमा ५ सदस्य नियुक्त

स्वास्थ्य मन्त्री पौडेलले गरे मेडिकल काउन्सिलमा ५ सदस्य नियुक्त

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • स्वास्थ्य मन्त्री पौडेलले गरे मेडिकल काउन्सिलमा ५ सदस्य नियुक्त

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् । मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच जना सदस्य नियुक्त गरेका हुन् ।

    त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा.डा. पलेस्वाँ जोशी लाखे र प्रा.डा.आनन्द शर्मा नियुक्त भएका छन् ।

    यसैगरी डिनमध्येबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन मनोज हुमागाईलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको छ ।

    निजी क्षेत्रको तर्फबाट डा.सन्तोष राजभण्डारी र उपभोक्ताको तर्फबाट रामेश्वर अधिकारी सदस्य नियुक्त भएका छन् ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij