आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज (बुधबार) देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । विसं २००७ को क्रान्ति सफल भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।

    निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।

    २००७ सालको क्रान्तिको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको थियो । प्रजातन्त्र दिवसको अवसरमा आज सरकारी स्तरसँगै काङ्ग्रेसले पनि विभिन्न कार्यक्रम गर्दैछ ।

    सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij