आज ५ प्रदेशमा हिमपातको सम्भावना, भोलि ६ प्रदेशमा वर्षा

आज ५ प्रदेशमा हिमपातको सम्भावना, भोलि ६ प्रदेशमा वर्षा

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • आज ५ प्रदेशमा हिमपातको सम्भावना, भोलि ६ प्रदेशमा वर्षा

    काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

    विभागले दिउँसो आंशिक बदली हुने बताएको छ । सातवटै प्रदेशमा आंशिक बदली रहनेछ । 

    विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशबाहेक पाँचवटा प्रदेशमा हिमपातको सम्भावना छ । 

    पाँचवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    आज आंशिक बदली र हिमपातको मात्रै सम्भावना रहे पनि भोलि (बिहीबार) भने वर्षाको सम्भावना छ । मधेस प्रदेशबाहेक ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ । 

    पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा भोलि ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij