काठमाडौं । भोलि देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले भोली अर्थात फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रजातन्त्र दिवस नेपालमा हरेक वर्ष फागुन ७ गते मनाइन्छ । २००७ साल फागुन ७ गते नेपालमा १०४ वर्ष लामो राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापनासँगै जनताले स्वतन्त्रता र अधिकारको अनुभव गरेका थिए । यसैको सम्झनामा यो दिवस मनाइँदै आएको हो ।
बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द हुने छ ।