बर्दीमा टिकटक बनाएर सामाजिक सञ्जालमा हाल्ने १२० सशस्त्र प्रहरी कारबाहीमा

बर्दीमा टिकटक बनाएर सामाजिक सञ्जालमा हाल्ने १२० सशस्त्र प्रहरी कारबाहीमा

मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • बर्दीमा टिकटक बनाएर सामाजिक सञ्जालमा हाल्ने १२० सशस्त्र प्रहरी कारबाहीमा

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले संगठनको निर्देशनविपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलापका तस्बिर तथा भिडिओ बनाई अपलोड गरेका १२० जनालाई विभागीय कारवाही गरेको छ ।

    उनीहरूले एपीएफको बर्दी लगाई भिडिओ तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याटलगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाइएको एपीएफका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

    विभागीय कारवाही परेकाहरूमा सई ४ जना, असई ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गरिएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij