सशस्त्र प्रहरीलाई शान्ति मिसनमा पठाउने भन्दै ठग्ने ब्यक्ति पक्राउ

सशस्त्र प्रहरीलाई शान्ति मिसनमा पठाउने भन्दै ठग्ने ब्यक्ति पक्राउ

मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • सशस्त्र प्रहरीलाई शान्ति मिसनमा पठाउने भन्दै ठग्ने ब्यक्ति पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरीलाई युएन (संयुक्त राष्ट्रसंघ) को शान्ति मिसनमा पठाउने भन्दै ठग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई मिसनमा पठाइ दिने भन्दै ठग्ने सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–२ बतासेका दिनेश सापकोटालाई पक्राउ गरेको हो । 

    सापकोटाले ८ जनाबाट करिब ७ लाख लिएको प्रारम्भिक अनुन्धानबाट देखिएको छ ।उनलाई दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij